काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली कलाकारद्वय केशव भट्टराई र दीपक क्षत्रीकाे निदनप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले कलाकारद्वयकाे कला सधैं स्मृतिमा रहने बताएका छ। उनले कलाकारकाे निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीले लेखेका छन्, 'बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं। उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ। हार्दिक श्रद्धाञ्जलि! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।