काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) पौडेल–सिटौला समूहले गर्यो केन्द्रीय समिति बैठक बहिस्कार, १४औं महाधिवेशनलाई केन्द्रीय कार्यसमितिको प्रमुख एजेण्डा नबनाएसम्म बैठकमा प्रवेश नगर्ने चेतावनी।
२) भारतबाट चोरी गरेर ल्याइएको टोयोटा ‘फर्चुनर’ कार वैधानिक बनाई बिक्री गर्न खोज्ने ६ जनाविरुद्ध राजस्वको मुद्दा, ३ करोड ३५ लाख बिगो दाबी।
३) विद्युत प्राधिकरणद्वारा सञ्चालित आयोजनाको वित्तीय प्रगति १ सय २ प्रतिशत, गत सालको बाँकी भुक्तानीले वित्तीय प्रगति बढी, समग्रमा भौतिक प्रगति लक्ष्यको ८६ प्रतिशत।
४) शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका विजेताले ५० लाख पाउने, लिग तयारीका लागि खर्च बापत एन्फाले क्लबहरुलाई २०र२० लाख रुपैयाँ प्रदान गर्ने।
५) र, भारतमा नागरिकता विधेयक पेचिलो बन्दै, माथिल्लो सदनबाट पारित भएपछि सडकमा ओर्लिए जनता, संवैधानिक इतिहासको कालो दिन भएको प्रतिपक्षको ठहर।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।