पत्रकार कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

नेपाल लाइभ | २०७६ मङ्सिर २५ बुधबार | Wednesday, December 11, 2019 १७:३०:०० मा प्रकाशित

काठमाडौं– सागको अन्तिम दिन दशरथ रंगशालामा पत्रकार कुटिएको घटना छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले एक समिति गठन गरेको छ। 

एसएसपी श्यामलाल ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो। समितिको सदस्यमा डिएसपी श्यामसिंह चौधरी र मनोहर श्रेष्ठ सदस्य छन्। उक्त समितिले छानबिन गरेर प्रतिवेदन बुझाएपछि सोही अनुसार कारबाही हुने प्रहरीले जनाएको छ। 

रंगशालामा नागरिक दैनिकका पत्रकार सुमन चापागाईं र अन्य सर्वसाधारण कुटिएका थिए। उनीहरुलाई डिएसपी रुगम कुँवर र सन्तोषसिंह रौठरले कुटपिट गरेका थिए।