• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपाल दलित संघः सीमित नेतालाई भर्‍याङ

64x64
नेपाल लाइभ बुधबार, मंसिर २५, २०७६  ०९:४१
1140x725

काठमाडौं– कांग्रेसको स्थापनाकालदेखि नै दलित नेताहरुको पार्टीमा योगदान थियो। नेपाली राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकता भएर नेपाल कांग्रेस बन्नुअघि नै विसं २००३ सालमा दलित नेता देवव्रत परियार नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध थिए। अर्को तर्फ, व्यवस्था परिवर्तनको आन्दोलनमा आर.बी. गहतराजले विसं २००५ सालमा प्रजातान्त्रिक कांग्रेसमा आबद्ध भई योगदान दिए।

विसं २००९ सालमै धनमानसिंह परियार कांग्रेसको महामन्त्री बनेका थिए।

दलसिंह कामीलाई बीपीले आफ्नो भान्से समेत बनाएका थिए। समाजमा चर्को विभेद व्यहोरेका दलितहरुले बिपीको त्यस्तो कदमलाई निकै रुचाए। जसका कारण त्यतिबेला दलितहरु कांग्रेसप्रति आकर्षित भएको कांग्रेसका इतिहासबारे जानकारहरु बताउँछन्।

२२ वर्षमा ४ महाधिवेशन
नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघले स्थापनाको २२ वर्षमा ४ मात्रै महाधिवेशन गरेको छ। ऊ नियमित महाधिवेशन नगर्ने कांग्रेसको भातृ संस्थाहरुको अग्रपंक्तिमा छ। नेतृत्वको अरुची तथा पार्टीको हस्तक्षेपले गर्दा संघको नेतृत्वमा सीमित व्यक्तिको निरन्तरता हुँदै आएको छ।

विसं २०४८ सालमा रत्नबहादुर विक अध्यक्ष रहेको ‘विकासोन्मुख दलित समाज संघ’ गठन भएको थियो। उक्त संस्था झापामा तत्कालीन शीर्ष नेता गिरिजाप्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई र गणेशमान सिंहको उपस्थितमा गठन गरिएको थियो। भ्रातृ संस्थाकै रुपमा उक्त संगठनलाई पार्टीले आधिकारिकता प्रदान गरेको भने थिएन। अनौपचारिक रुपमा गठन भएको थियो।

विसं २०५४ फागुन ४ मा मानबहादुर विश्वकर्मा दलित संघको संस्थापक अध्यक्ष बने। संघको संस्थापकमा मान बहादुर विश्वकर्मा, रत्न बहादुर विश्वकर्मा, दल बहादुर कामी, गणेश परियार, पद्मसिंह विश्वकर्मा, बिजुलकुमार विश्वकर्मा लगायत थिए। तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाले दलित संघ गठनमा सक्रियता देखाएका थिए।

विसं २०५४ सालमा संस्थापक अध्यक्ष बनेका विश्वकर्माले पदावधि सकिए पनि लामो समयसम्म नेतृत्व हस्तान्तरण गरेनन्। उनले १० वर्षसम्म मूल नेतृत्व पनि त्यागेनन्। उनी दलित संघको संस्थापक अध्यक्ष भएकै समयमा कांग्रेस विभाजन भयो। विसं २०५९ सालमा भएको सो विभाजनपछि विश्वकर्मा शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस प्रजातान्त्रिकतिर लागे।

अर्कोतिर, कोइराला नेतृत्वमा रहेको नेपाली कांग्रेसले सो संस्थामा दलसिंह कामीलाई अध्यक्ष बनायो।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी एकीकरणपछि भने खड्गबहादुर बस्याल (सार्की) अध्यक्ष भए। जीवन परियार महासचिव बने। बस्यालले विसं २०६६ सालमा अधिवेशन गरी सभापति चुनिए।

विसं २०६९ फागुन १९ देखि २१ मा झापामा भएको चौथो महाधिवेशनले मीन विश्वकर्मालाई अध्यक्ष चयन गरेको थियो। उनी अध्यक्ष चुनिदा पार्टीभित्रका दुई गुटको प्रत्यक्ष प्रभाव अझै झांगियो। संस्थापन पक्षबाट खड्ग बस्याल सभापतिका उम्मेदवार थिए। ४९ मतले बस्याललाई हराएर विश्वकर्मा अध्यक्षमा चुनिए।

विधानतः तीन वर्षे कार्यकाल रहने दलित संघमा विश्वकर्माको कार्यकाल विसं २०७२ को फागुनबाट सकिएको छ।

विसं २०७५ को असोजमा बसेको बैठकले सोही वर्षको फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर मिति सार्दै गत जेठका लागि समय निर्धारण गरियो। उक्त समयमा पनि पाँचौँ महाधिवेशन हुन सकेन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पार्टीले संघको विधान अनुमोदन गर्न ढिलाई गरेकाले महाधिवेशन हुन नसकेको बताइएको छ। संस्थापन निकट रहेकी संघकी महासचिव लक्ष्मी परियारले विधान पार्टीले उपलब्ध नगराउँदा महाविधेशन गर्न नसकिएको प्रतिक्रिया दिइन्।

तर, विधान पार्टीलाई हस्तान्तरण गर्ने विषयमा संघभित्र विवाद भएको थियो। संघका महासचिव प्रकाश रसाइली स्नेही विगतमा विधान भ्रातृ संस्थाले नै बनाउने गरेको बताउँदै पार्टी केन्द्रलाई नबुझाउने पक्षमा थिए। पार्टी सभापति देउवा निकट अध्यक्ष मीन विश्वकर्माले विधान पार्टीलाई बुझाए।

पछिल्लो समय पार्टीले विधान उपलब्ध नगराएको कारण देखाई महाधिवेशन अनिश्चित बनाइएको छ। महासचिव स्नेही भन्छन्, ‘७७ जिल्लामा अधिवेशन सकिएको संघको महाधिवेशन संघकै मूल नेतृत्वबाट हुन सकेको छैन। आफू पक्षीय समूहले जित्ने अवस्था भए मात्रै उहाँहरु (मीन विश्वकर्मा पक्ष) महाविधेशन गराउनुहुन्छ।’

आरक्षणलाई सिढी बनाउँदै, पद हत्याउँदै
व्यवस्था परिवर्तनका लागि कांग्रेसमा आवद्ध हुने पुरानो पुस्ताको मार्ग निर्देशनलाई कुल्चिँदै गएको नयाँ पुस्तालाई आरोप लाग्ने गरेको छ। आरक्षणलाई भर्‍याङ बनाई सीमित व्यक्तिहरु सांसद र केन्द्रीय सदस्य बनिरहेका छन्।
पार्टीको १२ औं महाधिवेशनअघि पार्टी विधानमा आरक्षणको व्यवस्था थिएन। दलित नेताहरु पनि खुला प्रतिस्पर्धाबाट केन्द्रीय समितिमा चुनिएका थिए। ११ औं महाधिवेशनमा दलित संघका संस्थापक अध्यक्ष मान बहादुर विश्वकर्मा आरक्षण बिना केन्द्रीय सदस्यमा चुनिएका थिए।

१२ औं महाधिवेशनमा आरक्षणको व्यवस्था भएपछि उनी आरक्षणकै प्रावधानमार्फत चुनिन सुरु गरे। केन्द्रीय कार्यसमितिमा यसअघि दलितबाट ६ जना आउने व्यवस्थालाई परिमार्जन गरिएको छ। संशोधित विधानमा ४ महिला सहित ९ जनाको सहभागिता रहने व्यवस्था गरिएको छ।

दलित संघ आरक्षणको सुविधा प्रयोग गरि पद हत्याउने अस्त्र बनेको छ। आरक्षण कोटाको सुविधा प्रयोग गरी केन्द्रीय समिति र सांसदमा हालिमुहाली गर्नेमा उनै अनुहार दोहोरिरहेका छन्। मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, जीवन परियार, सुजाता परियार र लक्ष्मी परियार लगायतले आरक्षणको लाभ लिइरहेका छन्। 

विधानमा दोहोरिएर आरक्षणको कोटामा बस्न नपाउने व्यवस्था नहुँदा दलित नेताहरुलाई आरक्षण सजिलो भर्‍याङ बनेको छ। समुदायको उत्थानको लागि लागू गरिएको प्रावधानलाई सीमित व्यक्तिहरुले पटकपटक उपयोग गरिरहेका छन्।

पार्टीभित्र एक व्यक्ति एक पदको विषय उठान भए पनि कार्यान्वयन हुन सकेको छैन। १३.२ प्रतिशत दलित समुदायको उत्थानको लागि क्रियाशील दाबी गर्ने दलित संघमा नयाँ अनुहारको क्षमता भए पनि निर्णायक तहमा पुग्न सहज छैन। नेतृत्वलाई रिझाएर पुनः दोहोरिरहने विकल्प भएपछि दलित नेताहरु पार्टी नेतृत्वको भक्तिगानमा व्यस्त छन्। संघका अध्यक्ष मीन विश्वकर्मा आरक्षण दुरुपयोग नभएको दाबी गर्छन। उनले भने, ‘दलित खुलामा गएर प्रतिस्पर्धा गर्दा खुलाको अन्यको संख्या घट्ने हो।’

संसदीय निर्वाचनमा आरक्षण कोटाबाट सांसद बन्ने सहज बाटो छोडेर दलित नेताहरु प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रेनन्। मान बहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली स्नेही, सुजाता परियार, लक्ष्मी परियार, विमला लगायत समानुपातिकबाट सांसद बनेका छन्। 

सांसद बनेकै दलित नेताहरु केन्द्रीय कार्यसमितिमा पनि छन्। मान बहादुर विश्वकर्मा, मीन विश्वकर्मा, लक्ष्मी परियार, सुजाता परियार लगायतका दलित नेता केन्द्रीय समितिमा पनि छन्।

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
सम्बन्धित सामग्री
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्