काठमाडौं- आयोगले उपनिर्वाचनको लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी कात्तिक ८ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता आयोगको मङ्सिर १७ गतेको निर्णयानुसार कार्यान्वयनको समय समाप्त भएको जनाएको छ।
आयोगले मौन अवधिमा पालना गर्नुपर्ने आचारणबमोजिम विभिन्न राजनीतिक दल तथा उम्मेदवारले आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारको सामग्री हटाएको हुनुपर्ने व्यवस्थाअन्तर्गत ब्यानर, तुल, झण्डा, पर्चा आदि हटाई वातावरण स्वच्छ र सफा राख्ने कार्य भएको छ भन्नेमा विश्वस्त रहेको जनाएको छ।
सम्बन्धित जिल्ला निर्वाचन अधिकारीले यस कार्यको अनुगमन गरी आयोगमा प्रतिवेदन पठाउन निर्देशन गरिएको उनले जानकारी दिए। प्रतिवेदन प्राप्त भएपछि यस व्यवस्थाबमोजिम प्रचारप्रसार सामग्री नहटाउने राजनीतिक दल तथा उम्मेदवारको अभिलेख आयोगमा राखिनेछ। आयोगले उपनिर्वाचनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै मतदानमा सहभागी हुने सम्पूर्ण मतदाताको सहभागिताका लागि आभार प्रकट गरेको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।