काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओली बिहीबार अस्पतालबाट डिस्चार्ज, केही दिन बालुवाटार निवासमै आराम गर्ने प्रेस सल्लाहकार थापाद्वारा जानकारी।
(प्रधानमन्त्री डिस्चार्ज)
२) क्षतिग्रस्त धरहराको पुननिर्माण तिव्र गतिमा अगाडि बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको भनाइ, अहिलेसम्म ३२ प्रतिशत काम सम्पन्न, अब हरेक २ हप्तामा १ तला निर्माण हुने।
(पुननिर्माण तिव्र गतिमा)
३) राज्य निर्माणका कामहरु जनतालाई बताउन नसक्दा आलोचना बढ्दै गएको प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको भनाई, आलोचनालाई सकारात्मक रुपमा प्रयोग नगरे आर्थिक समृद्धि हासिलमा सरकार असफल हुने स्पष्टोक्ति।
(सरकारप्रतिको विश्वास हराउँदै)
४) साग अन्तर्गत क्रिकेट खेलमा नेपालद्वारा भुटान १ सय ४१ रनले पराजित, फराकिलो जित निकाल्दै टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले बनायो ६ वटा कीर्तिमान।
(नेपालको ६वटा कीर्तिमान)
५) र पोल्याण्डको दक्षिणी भागमा रहेको रिसोर्टमा भएको ग्यास विस्फोटमा परी ८ जनाको मृत्यु, खोजी एवं उद्धारका लागि करिब २ सय अग्नि नियन्त्रकहरु परिचालन।
(पोल्याण्डमा ग्यास विस्फोट)
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।