एजेन्सी– भारतको तमिलनाडुमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचना भत्कँदा १७ जनाको मृत्यु भएको छ।
सोमबार बिहान सुतिरहेको अवस्थामा वर्षाका कारण घरको पर्खाल भत्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दुई बालबालिका पनि छन्।
स्थानीय समय अनुसार सोमबार बिहान साढे ५ बजे उक्त घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कमजोर संरचनाका कारण यस्तो घटना हुने गरेको विज्ञहरुको भनाइ छ। गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।