• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपालाई कांग्रेसको सन्देश- सूर्य पूर्वबाट अस्तायो

64x64
नेपाल लाइभ सोमबार, मंसिर १६, २०७६  १३:४०
1140x725

काठमाडौं- सोमबार बिहान धरान महानगरपालिकाको मत गणना जारी थियो। कांग्रेसबाट उम्मेदवार बनेका तिलक राई विजयीको सन्निकट थिए। आफ्ना उम्मेदवारको विजय निश्चित भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वबाट सूर्य अस्त भएको सन्देश प्रवाह गरे।

ट्विटमार्फत उनले लेखे, ‘तीन (कम्युनिस्ट) लाई पत्तै भएन, पश्चिम बंगालको राज अलि अघि स्वयं ढलिसकेको थियो बर्लिनको पर्खालझैं।’

सन् १९७७ देखि ३५ वर्षसम्म भारतको पश्चिम बंगालमा कम्युनिस्ट पार्टीको शासन थियो। २०१२ मा तृणमूल कांग्रेसको विजयपछि कम्युनिस्टको एकछत्र राज अन्त्य भएको थियो। प्रवक्ता शर्माले तथ्य सहित ३५ वर्षे एकछत्र शासन ढलेको दृश्टान्त देखाउँदै नेकपालाई विश्व परिवेश सुनाए।

बहुदलीय व्यवस्थापछि एमालेले धरानलाई गढ क्षेत्र मान्दै आएको थियो। मत परिणामले पनि एमालेलाई ‘पकड क्षेत्र’ भन्न बल पुर्याधएको थियो। दल विशेषको कुनै स्थान गढ नहुने प्रष्ट्याउँदै प्रवक्ता शर्मा थप लेख्छन्, ‘कसैले भने पश्चिम् बंगाल हो धरान। लालझण्डा यहाँ सदैव माथि रहन्छ। बिर्सिए, सबैभन्दा माथl जनताको मत रहन्छ।’

उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कास्की २ को तुलनामा धरानलाई कम महत्व दिएन। पार्टी सभापति शेरबहादुर देउवा सहित शीर्ष तहका सबैजसो नेता धरानको चुनावी कार्यक्रममा सहभागी भए। प्रवक्ता शर्मा, नेता डा शेखर कोइराला, गगन थापा घरदैलो प्रचारमा समेत खटिए।

सुनसरीकै नेताद्वय ज्ञानेन्द्रबहादुर कार्की र मीन विश्वकर्मा आफ्ना उम्मेदवार विजयी बनाउन चुनावी कार्यक्रमको धेरै समय जिल्लामै रहे।

गत निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा सत्तारुढ दल नेकपाको विजय तुलनात्मक रुपमा सहज थियो। गत निर्वाचनमा तत्कालीन एमालेबाट विजयी भएका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएका थिए। तत्कालीन माओवादीका उम्मेदवारले ११ हजार १८० मत ल्याएका थिए।

वर्तमानमा दुवै पार्टीको मत एकत्रित भएको थियो। तत्कालीन समयको मतको योग गर्दा नेकपाको पक्षमा ३२ हजार १५५ मत थियो। गत निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई पराजित तिलक राईको मत १६ हजार १०२ मत थियो। गत निर्वाचनको मतको मूल्यांकन गर्दा कांग्रेस उम्मेदवार तिलकभन्दा नेकपाका उम्मेदवारको मत दोब्बर थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि एमालेले १४ वडामा जित निकालेको थियो। कांग्रेसले २० मध्ये ५ वडामा जित निकालेको थियो। १, २, ५, १४, १८ वडामा कांग्रेस विजयी भएको थियो भने १७ नम्बर वडामा पूर्वमाओवादी विजयी भएको थियो।

कांग्रेसका तिलक राईले २६ हजार ७०९ मत ल्याई विजयी हुँदा नेकपा प्रकाश राईले २३ हजार ९१४ मत ल्याई हारमा चित्त बुझाउन पर्यो ।

बहुदलीय व्यवस्थापछि निरन्तर कम्युनिस्ट विजयी हुँदै आएको उक्त स्थान नेकपाका प्रदेश १ इन्चार्ज भीम रावलको क्षेत्र समेत हो।

को हुन् तिलक?
अन्य क्षेत्रका उम्मेदवारका लागि धेरै जनाको नाम सिफारिस भए पनि धरानबाट तिलक राईको पक्षमा क्षेत्रीय कार्यसमिति एकमत थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत निर्वाचनमा पराजित राईलाई क्षेत्रीय कार्यसमितिले पुनः उम्मेदवार बनाउन सिफारिस गरेको थियो।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका राई तरुण दलमा आवद्ध समेत थिए। उनी धरान उपमहानगरपालिकाका कांग्रेस सभापति समेत हुन्।

‘सरकारप्रतिको असन्तुष्टि रिफ्लेक्ट’
संघीय सरकार र स्थानीय सरकारप्रतिको असन्तुष्टिको कारण धरानको लालकिल्ला भत्किएको नेकपा नेताहरूले बताएका छन्। धरानको उपनिर्वाचनमा नेकपाका उमेदवारलाई कांग्रेसको पराजित गरेसँगै नेकपाका स्थानीय नेताको यस्तो प्रतिक्रिया आएको हो।

पराजित नेकपा उम्मेदवार प्रकाश राईले केन्द्रीय सरकारप्रतिको असन्तुष्टि रिफ्लेक्ट भएको नेपाल लाइभलाई बताए। यो पराजय गम्भीर समीक्षाको विषय भएको भन्दै उनले पार्टीले आत्मालोचना गर्नुपर्ने धारणा राखे। मतगणनापश्चात् गम्भीर मुद्रामा बाहिर निस्केका उनले धेरै बोल्न भने चाहेनन्।

२०४७ सालदेखि निरन्तर विजयी हुँदै आएको नेकपा अहिले पहिलो पटक पराजित भएको हो। लालकिल्ला सम्झिएर मिहिनेत कम गरिएको परिणाम पनि हुनसक्ने उनको भनाइ छ। विजयी कांग्रेस उम्मेदवारलाई बधाई दिदैं उनले रचनात्मक कामको लागि शुभकामना दिए।

त्यस्तै नेकपाका निर्वाचन परिचालन समितिका संयोजक रमेश बस्नेतले पार्टीले यसलाई गम्भीर समीक्षा गर्ने बताए।

पार्टी एकतापछि केही भ्याकुम भएको र त्यहाँ कांग्रेसले खेल्ने मौका पाएको उनको भनाइ छ। ‘अहिले एन्टी गभर्मेन्ट मुभमेन्ट चलिरहेको छ। तीनै तहका सरकारले राम्रो काम गर्न सकेनन् भन्ने हल्ला चलेको छ।’ उनले भने, ‘स्थानीय सरकारप्रति जनताको तीब्र आशा पूरा हुन नसक्दा हार भयो।’

‘गत निर्वाचनको मत हेरेर नेकपाले दम्भ पाल्यो’
नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले पार्टीको प्रभावकारिता सशक्त भएकाले कांग्रेस उम्मेदवार विजयी भएको प्रतिक्रिया दिए। उनले भने, ‘सबैभन्दा ठूलो कुरा सर्वसहमतिमा उम्मेदवार चयन गर्यौंन। स्थानीय तहदेखि केन्द्रसम्म मिसन बनाएर लागियो।’

कांग्रेसले विशेष महत्वको क्षेत्र बनाएको धरानमा उम्मेदवार मनोनयन दर्ता गर्ने क्रममा उपसभापति विजय गच्छदार पुगेका थिए। गच्छदारसँगै केन्द्रीय नेताहरु मीन विश्वकर्मा र धनराज गुरुङ पनि पुगेका थिए।

परिवर्तनको आकांक्षा राखेका धरानका जनताको पक्षमा एजेण्डा कांग्रेसले उठाएका कारण विजयी सम्भव भएको कोइरालाको भनाइ छ। विगतको कमी-कमजोरी कांग्रेसले सच्चाएको बताउँदै कोइरालाले भने, ‘पहिलो र दोश्रो चरणको जागरण अभियानले पनि कांग्रेसलाई सहयोग पुर्याजयो।’ कांग्रेसले जनतालाई करले पारेको भारको मुद्धा गहन रुपमा उठाएको उनले बताए।

‘हाम्रो नेता कार्यकर्ता गाँउगाउँ टोल टोल पुगे।’ कोइरालाले भने, ‘नेकपाका नेता कार्यकर्ता गत निर्वाचनको मत हेरेर जित्ने दम्भ राखेर बसे।’

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्