प्रधानमन्त्रीकाे स्वास्थ्यमा उल्लेखनीय सुधार, निरन्तर चिकित्सककाे निगरानीमा

नेपाल लाइभ | २०७६ मङ्सिर १६ सोमबार | Monday, December 02, 2019 १०:४५:०० मा प्रकाशित

काठमाडाैं-  प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेकाे अस्पतालले जनाएकाे छ। प्रधानमन्त्री ओली उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति निकालेर उनकाे स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेकाे जानकारी गराएकाे हाे।

साेमबार बिहान सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तम कृष्ण श्रेष्ठले जारी गरेकाे विज्ञप्तिमा प्रधानमन्त्रीकाे शल्यक्रियापछि सघन उपचारकाे सम्पूर्ण व्यवस्थासहित निरन्तर चिकित्सकाे निगरानीमा उपचार भइरहेकाे उल्लेख छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० गते मंगलबार प्रधानमन्त्री ओलीको 'एपेन्डिसाइटिस'को आकस्मिक शल्यक्रिया गरिएकाे थियाे।