काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीबाट भव्य समारोहकाबीच उद्घाटन, १५ हजारभन्दा बढी दर्शकको सहभागिता।
२) उपनिर्वाचन मतपरिणामः वडाहरुमा नेकपाको वर्चस्व कायमै, अहिलेसम्म नेकपाको पोल्टामा २३ वटा वडा अध्यक्ष कांग्रेसकोमा ११, प्रदेशले फर्कायो कांग्रेसको आशा।
३) विमानस्थल स्तरोन्नति परियोजना सुरु भएको ७ वर्षमा पनि सकिएन काम, सबै भन्दा गाह्रो काममै अड्कियो परियोजना, अझै दुई वर्ष लम्बिने अनुमान।
४) साग प्रतियोगितः ब्याडमिन्टनमा नेपाललाई २ पदक पक्का, फुटबलको खेल तालिकामै नेपालबाहेक सबै देशको विरोध, सहमति भइसकेको एन्फाको दाबी।
५) र, भारतमा प्रत्येक दुईमध्ये एकजना भ्रष्टाचारमा संलग्न रहेको राष्ट्रिय भ्रष्टाचार रिपोर्टको निश्कर्ष, गतवर्षको तुलनामा १० प्रतिशतले कम, बढि अवैध कारोबार स्थानीय तहका सार्वजनिक सेवामा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।