काठमाडौं- बलिउड स्टारर सलमान खान आफ्नो नयाँ फिल्म 'दबंग ३' लिएर आउँदैछन्। फिल्मको नयाँ गीत हालै सार्वजनिक भएको छ। दबंगको पहिलो सिरिजमा मुन्नी 'बदनाम हुई' गीत चर्चामा थियो।
'दबंग ३'मा भने 'मुन्ना बदनाम हुआ' गीत आएको छ। गीतको भिडियोमा सलमाको साथ फिल्मका निर्देशक प्रभु देवा देखिएका छन्। भिडियोमा सलमान र प्रभुदेवाको जुगलबन्दी सानदार देखिन्छ। गीतमा वारिना हुसेनको बोल्ड क्यारेक्टर देखिएको छ। सलमान वारिनाको साथ देखिएका समेत छन्।
गीतमा कमाल खान, ममता शर्मा र बादहाले आवाज दिएका छन्। गीत दानिश साबरीले लेखेका छन्। यसबाहेक गीतको म्युजिक साजिद वाजिदले कम्पोज गरेका छन्। गीतको कोरियोग्राफी वैभव मर्चेन्टले गरेका छन्।
फिल्म डिसेम्बर २० मा रिलिज हुनेछ। सलमानले फिल्मको लागि धेरै तयारी समेत गरेका छन्। यस फिल्मका लागि उनले आफ्नो तौल घटाए। यस फिल्ममा साउथ सुपरस्टार किच्चा सुदीप नेगेटिभ भूमिकामा देखिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।