काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) ३७ जिल्लामा ५२ रिक्त पदका लागि शनिबार मतदान सम्पन्न, ६७ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगद्वारा जानकारी
२) आर्मी मेडिकल कलेजले गर्यो एमबिबिएस विद्यार्थीबाट लिएको बढी शुल्क समायोजन, किस्तामा घटाएर भुक्तानी गर्न पाउने व्यवस्था सहितको निर्णय
३) काठमाडौँ उपत्यकालाई साइकलमैत्री सडक बनाउने अभियानको थालनी, ललितपुर महानगरपालिकाले बनायो छुट्टै साइकल लेन, छिट्टै शिवपुरी र फुलचोकीलाई जोड्ने
४) १३औं साग पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा, सेमिफाइनलमा भारत र श्रीलंका तथा पाकिस्तान र बंगलादेश भिड्ने
५) र इराकमा सरकारविरोधी प्रदर्शनमा एकै दिन ५० जना भन्दा बढीको मृत्यु भए पछि प्रधानमन्त्री अब्दुलद्वारा राजीनामा दिने घोषणा, नागरिकको हित र रक्तपात अन्त्यका लागि आफ्नो राजीनामा आवश्यक रहेको भनाई
अब पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।