बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका–४का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको बुधबार बिहान निधन भएको छ।
अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृतावस्थामा भेटिएका वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए।
मंगलबार राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द बुधबार बिहान मृत फेला परेका हुन्। प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।