उपनिर्वाचन : स्थानीय तहका कूल ४८ पदका लागि २७३ उम्मेदवार

नेपाल लाइभ | २०७६ मङ्सिर १ आइतबार | Sunday, November 17, 2019 ०६:२९:०० मा प्रकाशित

काठमाडाैं- आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएकाे छ।

निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्ष पदका उम्मेदवारको अन्तिम नामावली शनिबार प्रकाशन गरेको हो।

कूल ४८ पदका लागि २७३ उम्मेदवारको नामावली टुङ्गो लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

कूल २८२ उम्मेदवारको मनोनयपत्र दर्ता भएकामा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए।