पूर्वमन्त्री आलमलाई ललितपुरस्थित नक्खु जेल पठाइयो

नेपाल लाइभ | २०७६ कार्तिक ३० शनिबार | Saturday, November 16, 2019 ०८:५७:०० मा प्रकाशित

रौतहट– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई ललितपुरस्थित नक्खु जेल चलान गरिएको छ। उनलाई शुक्रबारराति नै नक्खु जेल पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला अदालत रौतहटले शुक्रबार नै आलमलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो। अदालतले आलमलाई सुरक्षाको दृष्टिकोणले उपयुक्त कारागारमा राख्न आदेश दिएकाले नक्खु कारागार चलान गरिएको हो।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालले १२ वर्षअघि भएको बम बिस्फोट घटनाका घाइतेलाई ईटाभट्टामा जलाइएको आरोप लागेका आलमलाई थुनामा राख्न आदेश दिएका थिए। 

जाहेरीवाला र साक्षीको सुरक्षामा विशेष व्यवस्था गर्न अदालतले चारबुँदे आदेश दिएको छ। 

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान