complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अवैतनिक वाणिज्यदूतहरुको क्षेत्रीय सम्मेलन सुरु, आर्थिक कूटनीति विस्तारमा जोड

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २७, २०७६  २१:०५
1140x725

काठमाडौं- आर्थिक कूटनीतिको माध्यमबाट मुलुकको समृद्धिमा टेवा पु¥याउने उद्देश्यले अवैतनिक वाणिज्यदूतहरुको क्षेत्रीय सम्मेलन आजदेखि राजधानीमा प्रारम्भ भएको छ।

अवैतनिक वाणिज्यदूतहरूको संस्था (एचसिसीएन) र वाणिज्यदूतको विश्व महासङ्घले आयोजना गरेको सम्मेलनमा आर्थिक कूटनीतिको विस्तार, व्यापार, पर्यटन, संस्कृति तथा सामाजिक क्रियाकलापको माध्यमबाट समृद्धिमा साझेदारी गर्ने कार्यक्रम रहेको छ। 

विभिन्न मुलुकको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी हुन आएका २०० प्रतिनिधिमार्फत नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई प्रवद्धन गर्ने, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरवपूर्ण छविलाई थप उचाइमा पु¥याउने सम्मेलनको उद्देश्य रहेको छ। 

सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे। सो अवसरमा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले नेपाल राजनीतिक स्थायित्वसँगै आर्थिक रूपान्तरणमा प्रवेश गरेको उल्लेख गर्दै आर्थिकरूपले समृद्ध नेपाल निर्माण नै अहिलेको सरकारको प्राथमिकता भएको बताए। उनले दिगो विकास लक्ष्य हासिल गर्दै सन् २०३० सम्म नेपाललाई मध्यम आययुक्त मुलुकका रूपमा उभ्याउने गरी सरकारले आफ्नो कामलाई तीव्र गतिमा अघि बढाएको बताए। 

मन्त्री ज्ञवालीले संवैधानिकरूपमा नै सबै नागरिकलाई सामाजिक न्याय प्रदान गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ परिकल्पना साकार पार्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको बताए। पछिल्लो एक दशक राजनीतिक उपलब्धि संस्थागत गर्न समय खर्च गर्नुपरेको यथार्थ सुनाउँदै उनले सबल अर्थतन्त्रको माध्यमबाट मुलुकलाई समृद्धशाली बनाउन सकिने उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

मुलुकको समग्र विकासका लागि वैदेशिक पूँजी भित्र्याउन सरकारले लगानीसम्बन्धी ऐन कानून जारी गरेको जानकारी गराउँदै उनले नेपालमा लगानीका लागि पहल गर्न आग्रह गरे। ‘हामीले वैदेशिक लगानीलाई सहज बनाउन यससम्बन्धी विभिन्न ऐन कानून परिमार्जन गरेका छौँ”, मन्त्री ज्ञवालीले भने, ‘यसबीचमा एकल विन्दु सेवा सञ्चालनमा ल्याइएको छ, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन जारी भइसकेको छ, वैदेशिक लगानीलाई कानूनीरूपमा नै सुरक्षित गरिएको छ र त्यसको प्रतिफल सजिलै स्वदेश लैजान सकिन्छ।’

नेपालको परराष्ट्र नीतिको मूलभूत तत्व पञ्चशीलका सिद्धान्त भएको र सबै मुलुकसँग समानताका आधारमा व्यवहार गरिने बताउँदै उनले क्षेत्रीय सहकार्य र साझेदारीलाई परराष्ट्र  नीतिको केन्द्रमा रहेको स्पष्ट गरे। मन्त्री ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) मार्फत क्षेत्रीयरूपमा समृद्धि खोजिएको बताए। 

एचसिसीएन नेपालको डीन तथा नेपालस्थित दक्षिण अफ्रिकी वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठले आगामी दशकमा दिगो विकास लक्ष्य हासिल गर्न सबैको सहयोग आवश्यक रहको बताए। जलवायु परिवर्तन अहिलेको मुख्य चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै उनले तापमान वृद्धिले ती लक्ष्य प्राप्तिमा व्यवधान उत्पन्न हुनसक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले लामो समयको सङ्क्रमणपछि मुलुक आर्थिक विकासको यात्रामा प्रवेश गरेसँगै मुलुकमा लगानीको अवसर प्रशस्त रहेको, जलविद्युत्, उद्योग, सम्पर्क सञ्जाल निर्माण, पूर्वाधार र सेवाक्षेत्रमा लगानीका प्रशस्त अवसर रहेकाले आ–आफ्ना देशका लगानीकर्तालाई प्रोत्साहन गर्न आग्रह गरे। 

वाणिज्यदूतको विश्व महासङ्घका अध्यक्ष डा अएकुट इकेनले दिगो विकास लक्ष्य हासिल गर्न क्षेत्रीय साझेदारी आवश्यक भएकामा जोड दिँदै अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक वृद्धिका लागि महावाणिज्यदूतको भूमिका सक्रिय हुनुपर्ने बताए। 

तीन दिनसम्म चल्ने ‘लैङ्गिक समानता’, ‘जलवायु परिवर्तन तथा हिमनदी पग्लने’, ‘सम्पर्क सञ्जाल र समृद्धि’ जस्ता विषयमा छलफल हुनेछ। रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग अफ्रिकामा रहेका नेपाली समुदाय, नेपालका शुभचिन्तक तथा विभिन्न व्यावसायिक प्रतिष्ठानबाट उक्त सहयोग जुटाइएको हो। नगद सहयोगबाहेक ३५ लाख... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्