मापसे गरी मोटरसाइकल चलाउने मुख्यमन्त्री भट्टका स्वकीय सचिव पक्राउ

नेपाल लाइभ | २०७६ कार्तिक २६ मंगलबार | Tuesday, November 12, 2019 २०:०१:०० मा प्रकाशित

काठमाडौं- मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव (शाखा अधिकृत स्तर) प्रेम कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउँदा पूर्वपश्चिम राजमार्गमा गोरुगाडालाई ठक्कर दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कुँवरले चलाएको मोटरसाइकल गोरुगाडासँग ठोक्किन पुग्दा गोरुगाडा अनियन्त्रित भई ढलेको थियो।

गौरीगंगा-१० टीकाराम चौधरीको गोरुगाडा पल्टिएपछि सो गाडामा सवार चार जना घाइते भएका छन्।

उनीरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।

स्वकीय सचिव कुँवरलाई चोट नलागेपनि उनले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाइकल नचल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। (तस्बिरः प्रेम कुँवरको फेसबुकबाट)

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान