पक्राउ नगर्न माग गर्दै नायिका शिल्पा पोखरेलले हालेको मुद्दा खारेज

के हाेला बहुबिवाहकाे पक्राउ पुर्जी?
नेपाल लाइभ | २०७६ कार्तिक २६ मंगलबार | Tuesday, November 12, 2019 १४:२०:०० मा प्रकाशित

काठमाडौं- अभिनेत्री शिल्पा पोखरेलले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णयलाई चुनौती दिँदै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गर्न आदेश दिएको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको इजलासले मंगलबार पोखरेलको सो रिट खारेज गर्ने निर्णय गरेको हो।

जिल्ला अदालतले फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरेको थियो। बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो।

जिल्ला अदालतले पुर्जी जारी गरेपछि अभिनेत्री पोखरेल उच्च अदालत हुँदै सर्वोच्च पुगेका थिइन्। शिल्पाले २०७६साउन २९ गते रिट हालेकी थिइन्। उक्त रिटमा सुनुवाई गर्दै भदौ १ गते अदालतले शिल्पालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले दिएको आदेश अनुसार पक्राउ पुर्जी कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको थियो।

उक्त आदेशपछि शिल्पा खुल्ला रुपमा हिड्न पाएकी थिइन्। जिल्ला अदालतको पक्राउ पुर्जीपछि छवि र शिल्पा दुवै फरार रहेका थिए। शिल्पाले आफ्नो बारेस मार्फत सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

जिल्ला अदालत काठमाडौंले बहु–विवाहमा मुद्दा दायर भएपछि छवि र शिल्पा दुवैलाई पक्राउ पुर्जी जारी गरेको थियो।

जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरू हालसम्म फेला परेका छैनन्। 

आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सर्वप्रथम अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन्।

उच्च अदालतमा उनले आफू विरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने जिकिर गरेकी थिइन्।

शिल्पाको उक्त निवेदनमा साउन २४ गते भएको सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको आदेश रोक्न आदेश दिन अस्वीकार गरेको थियो।

उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा पक्ष सर्वोच्च पुगेको हो।

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान