भनिरहनुनपर्ला, अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह अहिले देवाशं जंगबहादुर राणासँग प्रेममा छिन्। देवाशं नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन्।
केही समयअघिमात्रै देवाशंले साम्राज्ञीसँग विदा मनाउन इन्डोनेसिया पुग्दा दुवैले ‘इरोटिक मुड’मा खिचाएका केही अन्तरंग दृश्यहरु बाहिर ल्याएका थिए। सामाजिक संजालमा उक्त तस्बिरको चर्को चर्चा भएकोे थियो। कतिले ‘यो त अति भयो’ भन्दै आलोचना गरेका थिए भने कतिले सामान्य रुपमा ग्रहण गरे।
अब हालसालकै कुरा गरौं। तीन दिनअघिमात्रै वीरगन्जमा आयोजित नेपाल चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुन साम्राज्ञी वीरगन्ज पुगिन्।
वीरगन्ज साम्राज्ञीको ‘होमटाउन’ हो। आफ्ना बाल्यकालका केही वर्ष उनले यतै बिताएकी थिइन्। उनका हजुरबुबा पशुपतिविक्रम शाह लामो समयदेखि त्यहाँ होटल तथा पर्यटन व्यवसायमा सक्रिय छन्।
दुइवर्षपछि उनी ‘होमटाउन’ आएकी थिइन्। त्यो पनि ‘बोइफ्रेन्ड’ देवाशंसँगै।
संयोग त के थियो भने उनीहरु सँगै पुगेको महोत्सव उद्घाटन कार्यक्रमको सभापति भवानी राणा थिइन्। भवानी अर्थात् सबै साम्राज्ञीले सोचेजस्तै चल्यो भने भविष्यकी ‘सासु’।
स्टेजमा भवानीलाई देखेर साम्राज्ञी र देवाशं दुवै दंग थिए। घरी कानेखुशी गर्थे, घरी दिल खोलेर मुस्कुराउँथे। मिडियाकर्मी भवानी, साम्राज्ञी र देवाशंलाई एउटै फ्रेममा कैद गर्न चाहन्थ्यो। तर, त्यो सम्भव देखिएन।
पछिल्लो समय साम्राज्ञी फिल्मभन्दा पनि बढी प्रेमीसँगको सम्बन्धका कारण चर्चामा छाइरहेकी छिन्। यस वर्ष उनका दुई फिल्म रिलिज भए, ‘मारुनी’ र ‘रातो टीका निधारमा’। दुवै असफल देखिए।
एउटा सम्भावना बोकेको कलाकारका लागि यो पक्कै सुखद संकेत होइन। प्रेमीको प्रेममा रमाइरहेकी साम्राज्ञीले सायद यो अवस्था पक्कै महसुस गरिरहेकै छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।