अकुपाई टुँडिखेल : मानव साङ्लोमा उत्रियाे जनसागर [फोटोफिचर]

नेपाल लाइभ | २०७६ कार्तिक २३ शनिबार | Saturday, November 09, 2019 ०९:४५:०० मा प्रकाशित

काठमाडौं- जनस्तरबाट सञ्चालित ‘अकुपाई टुँडिखेल' अभियान खुलामञ्चमा सुरु भएको छ। अतिक्रमण भएको टुँडिखेलको संरक्षणको माग गर्दै सरकारलाई दबाब दिने उद्देश्यले अभियान सुरु भएको हो।

अभियानमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा, कवि विप्लव प्रतीक, पूर्वमन्त्री, सेलिब्रेटी, शिक्षाविद् तथा सर्वसाधारणहरूको सहभागिता रहेको छ।

उनीहरूले ‘खुला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्। खुलामञ्चमा भेला भएर अकुपाई टुँडिखेलको उद्घाटन गरेपछि संरक्षणको सन्देश दिन मानव साङ्लो बनाएर घेरिएको हो।

अकुपाई टुँडिखेल अन्तर्गत विभिन्न रचनात्मक कार्यक्रम तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरूले बताएका छन्।