• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपनिर्वाचन : सांसद बन्न ६५ जना मैदानमा, को कहाँ?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २२, २०७६  ०७:४१
1140x725

उम्मेदवारी दर्ता गर्न कास्कीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका नेकपा उम्मेदवार भट्टराई र साझा पार्टी उम्मेदवार केसी।


काठमाडौं– निर्वाचन आयोगले तय गरेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्रका तर्फबाट कूल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम बिहीबारका लागि तय गरिएको थियो।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं १ को १, दाङ निर्वाचन क्षेत्र नं ३ को २ र बागलुङ क्षेत्र नं २ को २ का लागि उम्मेदवारी दर्ता गराइएको हो। कास्की क्षेत्र नं २ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रवीन्द्रप्रसाद अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त भएको पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।

आयोगका अनुसार उक्त निर्वाचन क्षेत्रमा नेकपाका तर्फबाट रवीन्द्र पत्नी विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन्। यस्तै, नेपाली कांग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। सो निर्वाचन क्षेत्रमा कूल २२ जनाले उम्मेदवारी दर्ता गराएका कास्कीस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आयोगका अनुसार स्वतन्त्रबाट कमल जंग, जमुना शर्मा, सुनिलबहादुर कोइराला, उमानाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बास्तोला, पुरुषोत्तम खनाल, लक्ष्मीकुमारी भुजेल, सुनिल भुसालले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै कांग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाट, साझा पार्टीकी रजनी केसी, नेकपा (माले)का टेकनाथ भण्डारी, मङ्गोल नेसनल अर्गनाइजेसनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)की श्रीमती गङ्गा मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ। कूल २२ जनाको उम्मेदवारी परे पनि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका उम्मेदवारबीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ 'क' मा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवारले समेत उम्मेद्वारी दर्ता गराएका छन्। आयोगका अनुसार नेकपाका तर्फबाट देवीप्रसाद ढकाल, कांग्रेसका कृष्णलाल भँडेल, नेपाल मजदुर किसान पार्टीका नीरज लवजूले उम्मेदारी दर्ता गराएका छन्। यस्तै, कृष्णप्रसाद ह्योगो, जीवन नेपाली, कृष्णराम पोतामाहा, अर्जुन कोजु, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, सङ्गीता पौडेल, जीवनचन्द्र अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेकपा (माले)का सुदर्शन लामिछाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङ्मार लामा, कांग्रेस (बिपी)का मधुसुदन न्यौपाने गरी कूल १९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ।

यस्तै बागलुङको प्रतिनिधिसभा क्षेत्र नं २ 'ख' का लागि कूल १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, कांग्रेसका जितबहादुर शेरचन,  राप्रपा (संयुक्त)का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्ती स्वतन्त्र र मङ्गोल नेसनल अर्गनाइजेसनका तर्फबाट मित्रबहादुर मगरले उम्मेदवारी दिएका छन्।

उता दाङको निर्वाचन क्षेत्र नं ३ 'ख' का लागि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी कूल १४ जनाले उम्मेदवारी दर्ता गराएका  छन्। सो निर्वाचन क्षेत्रमा नेकपाका तर्फबाट विमलाकुमारी ओली, कांग्रेका केशवराज शर्माले उम्मेदवारी दिएका छन्। यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विकले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाल मजदूर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का छोटीलाल थारु, नेपाल कम्युनिस्ट पार्टीका हरिप्रसाद डागी, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावत, मङ्गोल नेसनल अर्गनाइजेसनका घनश्याम चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्रबहादुर खत्री, कांग्रेस (बिपी)का दीपकुमार धितालले उम्मेदवारी दिएका छन्।

टीकाराम आचार्य, गोविन्द केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कास्की, भक्तपुर, बागलुङ र दाङमा मनोनयनपत्र दर्ता गराउने कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  ०७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्