काठमाडौं- हतियारसहित पक्राउ परेका तीन जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं बल्खुका ३५ वर्षीय देवेन्द्र भण्डारी, ४७ वर्षीय मनोजकुमार बस्नेत र काठमाडौं चोभारका ५० वर्षीय सुमन खड्का छन्।
प्रहरीले उनीहरुको साथबाट म्याग्जिनसहितको अमेरिकन पेस्तोल १ थान र ४ राउन्ड गोली बरामद गरेको छ।
साना हतियारको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरेको हो।
खड्काले आफ्नो घरको कम्पाउन्डको कुनामा इटाले छापेर पेस्तोल राखेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।