• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

झाराखारा, कर र सिफारिस दस्तुरमा छुट दिन रोल्पाका द्वन्द्वपीडितको माग

कर छुट दिँदा विकास प्रक्रिया नै अवरुद्ध हुन्छ : स्थानीय तह
64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २१, २०७६  ०७:५५
1140x725

रोल्पा- रोल्पाका द्वन्द्वपीडितले विभिन्न नाममा लिइने सिफारिस दस्तुर छुट दिन स्थानीय सरकारसँग माग गरेका छन्। आफूहरुको दैनिकी कष्टकर भएको भन्दै वडा कार्यालयहरुले लिने गरेका त्यस्ता सिफारिस दस्तुर छुट भए आफूहरुलाई राहत मिल्ने उनीहरुले बताएका हुन्।

रोल्पा नगरपालिका-१० की द्वन्द्वपीडित धनमाया पुनले तत्कालीन नेकपा (माओवादी)ले थालेको सशस्त्र संघर्षमा श्रीमन् र देवर गुमाइन्। आफ्नो एक आधार गुमेको बताउने पुनले हाल आफूलाई दैनिक जीवनयापनमा समस्या रहेको बताउँछिनन्। स्थानीय स्तरमा कृषि नै बाँच्ने आधार भएकोले पनि स्थानीय तहले लिने विभिन्न दस्तुर तथा कर आफूहरुका लागि भार भएको उनको गुनासो छ।

'मजस्ता यहाँ धेरै संख्यामा द्वन्द्वपीडित महिलाहरु छन्। उनीहरु माथि आर्थिक भार अत्याधिक रहेकाले स्थानीय तहले लिने गरेको सिफारिस दस्तुर छुट भए राहत मिल्ने थियो,' पुनले भनिन्, 'आम्दानीको श्रोत केही छैन तर वर्षेनी विभिन्न शिर्षकमा सिफारिस दस्तुर, कर तथा तिरो तिर्दातिर्दै जग्गाको मूल्य बराबरको पैसा खर्च हुने गर्छ।'

विकास निर्माणमा गरिने २० प्रतिशत जनसहभागिताका कार्यक्रमले समेत द्वन्द्वपीडितलाई पिडा दिएको पुनको बुझाइ छ। 'घरमा काम गर्ने मान्छे हुँदैनन्, तर लामो समयसम्म हामीलाई श्रमदान गर्नुपर्ने अवस्था छ,' उनले थपिन्, 'झाराखारा तथा श्रमदानमा समेत द्वन्द्वपीडितलाई छुट दिनुपर्छ।' 

झाराखारा र सिफारिस दस्तुर छुट दिने सुनिए पनि हालसम्म कार्यान्वयन नभएको पुनको भनाइ छ।

पुनजस्तै रोल्पा नगरपालिका-२ की लक्ष्मी डाँगीको पनि गुनासो उस्तै छ।

'श्रीमान्‌को द्वन्द्वकै क्रममा मृत्यु भयो, ससुरासमेत अघिल्लो वर्ष बित्नुभयो, घरमा ३ छोरी, सासु र म छौं, अब यस्तो अबस्थामा कसरी झाराखारामा जाने?,' डाँगीले प्रश्न गरिन्, 'छोरीहरु पढिरहेका छन्, सासुआमा वृद्ध हुनुहुन्छ, म एक्लैले घरको र परको काम कसरी भ्याउने?'

Ncell 2
Ncell 2
nimb
nimb

अध्ययनकै क्रममा रहेका छोरीहरुलाई केही दिन विद्यालय जान रोकेर भए पनि गाउँमा हुने झाराखारामा सहभागी हुनेगरेको डाँगीले बताइन्। 'द्वन्द्वपीडितलाई झाराखारा, सिफारिस र कर छुट हुनुपर्छ,' डाँगीको माग छ।

अधिकांश द्वन्द्वपीडित महिलाको अबस्था निकै दयनिय रहेको बताउँदै मानवअधिकारकर्मी तीर्था आचार्यले पनि स्थानीय सरकारहरुले द्वन्द्वपीडितको माग र मुद्दालाई सम्बोधन गर्नुपर्ने मत राख्छिन्। आफ्नो क्षेत्रमा बसोबास गर्ने द्वन्द्वपीडितहरुलाई सिफारिस दस्तुर, कर र जनसहभागितामा आधारित कार्यक्रममा गर्नुपर्ने श्रमदान छुट दिनुपर्नेमा आचार्यको पनि एकमत छ। 'अधिकांशको घरमा श्रम गर्न सक्ने पुरुषहरु छैनन्, त्यस्ता परिवारमा त विचल्ली नै छ,' आचार्यले भनिन्।

स्थानीय सरकार गठनसँगै अब द्वनद्वपीडितको सरोकारको मुद्दामा सवैभन्दा बढी दायित्व उसैको रहने मत राख्छन् रोल्पाको सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुन। 'द्वन्द्वको घाउ स्थानीय तहमा छ र सरकार पनि स्थानीय तहमा नै भएकाले अब द्वन्द्वपीडितको मल्हमपट्टी लगाउने काम पनि स्थानीय सरकार हो,' अध्यक्ष पुनले भने।

आफ्नो गाउँपालिका देशकै सवैभन्दा बढी द्वन्द्वपीडित भएको गाउँपालिका भएको समेत अध्यक्ष पुनले दावी गरे। गाउँपालिको वडा नं ७ मा मात्रै ७३ जना र वडा नं २ मा ४४ जना द्वन्द्वपीडित रहेको उनले जानकारी दिए। 'यी दुवै वडा पहिलेका गाविस हुन्, देशभरमै साविकको एउटा गाविसवाट सवैभन्दा धेरै ज्यान गुमाउनेमध्ये पहिलो र दोश्रो नम्बरमा पर्छन् यो दुवै गाविस,' अध्यक्ष पुनको दावी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गाउँपालिकामा बसोबास गर्ने ३ हजार २ सय ८६ घरधुरीमध्यै कुनै परिवार पनि द्वन्द्वबाट अछुतो नरहेको उनको भनाइ छ।

तर, सवैभन्दा धेरै द्वन्द्वपीडित भएको गाउँपालिका दावी गर्ने अध्यक्ष पुन उनीहरुलाई विभिन्न दस्तुर तथा करमा छुट दिन नसकिने बताउँछन्। 'कर छुट दिने, सिफारिस दस्तुर मिनाहा गर्ने वा झाराखारा नलगाउने भन्ने कुरा यस गाउँपालिकामा सम्भव छैन,' उनको प्रश्न छ, 'गाउँपालिकामा बसोबास गर्ने सवै द्वन्द्वपीडित छन्, त्यसो हुँदा के सवैलाई छुट दिनु? त्यो सम्भव नहुने कुरा हो।'

सिफारिस दस्तुर, कर र झाराखारा छुट दिए विकास प्रक्रिया नै अवरुद्ध हुने उनको बुझाइ छ।

रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीको भनाइ पनि पुनकै जस्तो छ। सामान्य सिफारिस शुल्क मिनाहा गर्न सकिए पनि कर नै छुट दिने कुरा तत्कालका लागि सम्भव नभएको उनले स्पष्ट पारे। 'कर तिर्नु नागरिकको दायित्व पनि भएकाले कर रहरले तिर्नुपर्छ,' नगर प्रमुख केसीले भने, 'कर कारोबारका आधारमा तिर्ने भएकोले कारोबार कम हुनेहरुको कर पनि कम हुन्छ। त्यसकारण पनि स्थानीयस्तरमा यसको भार कम हुन्छ।'

झाराखारा छुट गर्ने कुरामा अर्को आर्थिक वर्षमा नीति बनाएर कार्यान्वयन गर्न सकिने केसीले बताए। यसबाहेक अर्को आर्थिक वर्षमा नगरपालिकाभित्र द्वन्द्वमा परि आफन्त गुमाएका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम गर्न सकिने भने उनको भनाइ छ। 'स्वास्थ्य बीमाले द्वन्द्वपीडित परिवार बिरामी पर्दा हुँदै गरेको खर्च व्यवस्थापनमा यसले मद्दत गर्छ,' केसीले भने।

नगरपालिकाभित्र द्वन्द्वका क्रममा कूल १ सय १० जना मारिएको तथ्यांक छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  ०७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ
सम्बन्धित सामग्री
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्