काठमाडौं- नेपाली भूमि कालापानी क्षेत्रलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेकोप्रति नेपालमा विरोध हुन थालेपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको छ। उसले कालापानी क्षेत्र नेपालकै भूभाग भएकोमा नेपाल सरकार स्पष्ट भएको बताएको छ।
तर, परराष्ट्रको विज्ञप्तिप्रति पनि धेरैले असन्तुष्टि व्यक्त गरेका छन्। धेरैले मन्त्रालय 'डराएको' बताएका छन्।
तिनै मध्येका एक हुन्, पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराई। उनले विज्ञप्तिमा इँजार फुस्केको भन्दै व्यंग्य गरेका छन्।
उनले ट्विट गरेका छन्- 'चरम‘राष्ट्रवाद’को डंका पिटेर २/३ पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला? के त्यो हस्ताक्षर हो? हात (वा आँत?) किन काँपेको होला? अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो? इँजार फुस्क्यो है!'
हेर्नुस्, परराष्ट्र मन्त्रालयको विज्ञप्तिः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।