काठमाडौं– फिल्म क्षेत्रका ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलोपल्ट जोडी बाँधेर अभिनय गरेको फिल्म ‘घामड शेरे’को दोश्रो ट्रेलर रिलिज भएको छ।
हेमराज विसीको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा स्वस्तिमा निश्चलको सालीको भूमिकामा छिन्। ट्रेलर हेर्दा फिल्ममा निश्चल आफूले सस्तोमा पाएको जग्गा खोलाले बगाएपछि खोलाविरुद्ध नै मुद्दा हाल्ने निर्णयमा पुग्छन्। तर खोलाविरुद्ध मुद्दा हाल्न मिल्छ कि मिल्दैन? त्यसपछि ‘घामड शेरे’ले गर्ने संघर्षमा यो फिल्म केन्द्रित छ।
यो फिल्ममा गौरी मल्ल विशेष भूमिकामा छिन्। सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायत कलाकारको समेत फिल्ममा अभिनय छ। निर्देशक बिसीकै कथारपटकथा रहेको फिल्म आउँदो शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ।
हेर्नुस् ट्रेलर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।