राजविराज– जंगली हात्तीले सोमबार पनि सप्तरीमा घर भत्काएर क्षती पुर्याएका छन्।
बिहान करिब २ बजे कञ्चनरुप नगरपालिका–६, जमुवाका धनेश्वर चौधरीको घर हात्तीले भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। २÷३ वटाको समूहमा आएका हात्तीले चौधरीको भान्सा घर भत्काई खाद्यान्नमा समेत क्षति पुर्याएको प्रहरीको भनाइ छ।
प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको डिएसपी मकेन्द्र मिश्रले बताए। हात्तीले आइतबार बिहान कृष्णासवरण गाउँपालिका-६, मोहनपुरका दुखी यादव, कमानसिंह मगर, मन्जु कार्की, रोमा दमाईलगायतका एक दर्जनभन्दा बढी घर भत्काएका थिए।
शनिबार साँझ सोही ठाउँमा घरमा भित्र्याउन लागिएको अन्नबाली क्षति पुर्याएको स्थानीयले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।