प्रधानमन्त्रीको सुरक्षागार्ड शाही जुवाखालबाट पक्राउ

नेपाल लाइभ | २०७६ कार्तिक १६ शनिबार | Saturday, November 02, 2019 ०६:३८:०० मा प्रकाशित

काठमाडौं- प्रधानमन्त्रीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाही जुवाखालबाट पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग गोंगबुद्वारा काठमाडौँको नयाँ बसपार्कबाट उनी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा उनीसँगै बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा छन्  रहेका छन्। प्रहरीका अनुसार  उनीहरूको साथबाट एक लाख ५९ हजार रुपैयाँ बरामद भएको छ।