काठमाडौं- बलिउडमा एउटा ठूलो प्रोजेक्टको घोषणा गरिएको छ। फिल्म निर्माता सञ्जय लीला भंसालीले पनि आफ्नो अर्को फिल्मको घोषणा गरेका हुन्। सञ्जयको अर्को नयाँ प्रोजेक्ट 'बैजू बावरा' हुनेछ।
फिल्मको कहानी एक कलाकारको बदलामा आधारित रहनेछ। 
बलिउड सञ्चारमाध्यमका अनुसार उक्त फिल्म २०२१को दिवालीमा रिलिज हुनेछ। अहिलेसम्म फिल्मको कास्ट घोषणा भने भइसकेको छैन। तर, रणवीर लिड भूमिकामा रहने निश्चित भइसकेको छ। 
यसअघि पनि रणवीरले सञ्जयसँग रासलीला रामलीला, बाजीराव मस्तानी, पद्मावतीमा सँगै काम गरिसकेका छन्।
उनीहरूले सँगै मिलेर गरेको काम दर्शकले निकै रुचाएका पनि छन्। सञ्जयसँग नयाँ फिल्मका लागि रणवीरको कुरा समेत भइसकेको छ। फिल्ममा अभिनेत्री प्रियंका चोपडा पनि लिड रोलमा आउन सक्ने अनुमान गरिएको छ।
कुनै आधिकारिक घोषणा नगरिए पनि प्रियंकाको नामको चर्चा चलेको छ। यसअघि प्रियंका र रणवीरले गुण्डे, दिल धड्कने दो र बाजीराव मस्तानीमा एकसाथ काम गरेका छन्।
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।