काठमाडौं- १९ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले दुई युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर–१८ सन्देश शर्मा पोखरेल र नुवाकोटको ककनी गाउँपालिकाका ज्ञानेन्द्र गजुरेल छन्।
उनीहरुलाई कात्तिक ३ गते पक्राउ गरेर प्रहरीले बलात्कार मुद्दामा अनुसन्धान गरिरहेको छ।
उनीहरुले गत असोज २९ गते ललितपुरमा एक युवतीलाई सामुहिक बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको ललितपुर परिसरको मुद्दा फाँटका डिएसपी सन्तोष तामाङले जानकारी दिए।
उनीहरुलाई कात्तिक ३ गते पक्राउ गरेर प्रहरीले बलात्कार मुद्दामा अनुसन्धान गरिरहेको छ।
कुमारीपाटी बस्दै आएका पोखरेलले एक युवतीलाई असोज २९ गते आफ्नो कोठामा बोलाएका थिए।
त्यसपछि गजुरेल र पोखरेल मिलेर बताल्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।