भारतीय युवक गोलीसहित धनुषामा पक्राउ 

नेपाल लाइभ | २०७६ कार्तिक १३ बुधबार | Wednesday, October 30, 2019 १२:१७:०० मा प्रकाशित

काठमाडौं– एक भारतीय युवक गोलीसहित धुनषामा पक्राउ परेका छन्। धनुषाको बिदेही नगरपालिका–९ इटहर्व बोर्डरमा जाँचको क्रममा युवक गोलीसहित पक्राउ परेका छन्। 

भारतको मधुवनी हर्लाखी थाना बिसौल घर भएका १८ वर्षीय सुमित मण्डललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी इटर्वाबाट चेकिङमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर३२ ए१७०३ नम्बरको मोटरसाइकलमा सवार मण्डललाई गोलीसहित पक्राउ गरेको हो।

मण्डलसँगै मोटरसाइकलमा आएका अर्का एक जना र अर्को बिआर३२ ए६५४४ नम्बरको मोटरसाइकलमा सवार २ जना भने भाग्न सफल भएका थिए।

पक्राउ परेका मण्डलको साथबाट प्रहरीले एटएमएमकेएफ लखेको २ राउण्ड गोली बरामद गरेको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको इनर्वा प्रहरीले जनाएको छ।