काठमाडौं -नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनको आज भूमिपूजन शिलान्यास गरेको छ।
नयाँभवनको निर्माण पश्चात् नर्भिक २०० शैयायुक्त हुनेछ। हस्पिटलको प्रस्तावित नयाँ भवनमा विशिष्ट प्रविधि र साधन–सुविधा हुनेछन्। भूमिपूजन तथा भवनको शिलान्यास एक विशेष समारोहबीच हस्पिटल परिसरमा अपरान्ह हस्पिटलका अध्यक्ष वसन्तकुमार चौधरीले गरेका थिए।
नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १,५४,७७०.१वर्गफिट हुने र भूमि/जग्गाबाहेक परियोजनाको जम्मा लागत करिब दुई अर्ब हुने बताइएको छ। अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन वर्षभित्र सम्पन्न भइसक्नेछ।
अध्यक्ष बसन्त चौधरीले नर्भिकलाई समय सापेक्ष, आधुनिकीकरण गर्दै, देशका सातै प्रदेशका मुख्य स्थानहरूमा बहुआयामिक एवम् अति विशिष्ट हस्पिटलहरूको सञ्जाल निर्माण गर्ने योजना रहेको जानकारी दिए।
यस्ताे बन्नेछ नयाँ भवन:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।