पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन

नेपाल लाइभ | २०७६ कार्तिक ७ बिहीबार | Thursday, October 24, 2019 २१:२१:०० मा प्रकाशित

काठमाडौं- नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजी) हेमबहादुर सिंहको निधन भएको छ। 

८८ वर्षको उमेरमा उनको ह्याम्स अस्पतालमा निधन भएको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए ।  

सिंह पछिल्लो समय फोक्साको बिरामी भएका थिए । सिंहले २०४३ असारदेखि  २०४७ जेठसम्म गरी झण्डै ४ वर्ष नेपाल प्रहरीको नेतृत्व सम्हालेका थिए ।