भिटेनलाई अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप

नेपाल लाइभ | २०७६ कार्तिक ७ बिहीबार | Thursday, October 24, 2019 २०:१२:०० मा प्रकाशित

काठमाडौं– ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्द प्रयोग र गाँजा खान प्रोत्साहित गरेको आरोपमा पक्राउ परेका र्या पर समीर लामा घिसिङलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप गरेको छ।

ललितपुरको झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएका भिटेनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप भइआएको परिसरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

गीतका विषयमा सोधपुछ गर्ने क्रममा ड्युटीमै रहेका प्रहरीलाई भिटेनले अभद्र व्यवहार गरेको पक्राउ गरिएको प्रहरीले जनाएको छ।