नेपाल आइडल रवि ओडसँग नाच्ने डडेल्धुराका दर्शकको होड [फोटो फिचर]

ललित बोहरा | २०७६ कार्तिक ६ बुधबार | Wednesday, October 23, 2019 २२:१२:०० मा प्रकाशित

डडेल्धुरा- नेपाल आइडल सिजन-२ का विजेता तथा गायक रवि ओडले डडेल्धुरेली दर्शकहरुलाई नचाएका छन्।

दीपज्योति युवा क्लब, दह भेटाको आयोजनामा बुधबारदेखि सुरु भएको ‘बृहत सांस्कृतिक, फुटबल तथा जनप्रतिनिधिहरुलाई सम्मान’ कार्यक्रममा विभिन्न गीत गाउँदै उनले सहभागी दर्शकहरुलाई नचाएका हुन्।

उनले आफूले गायकका गीतसँगै नेपाल आइडल सिजन–२ मा गाएका गीतहरुमा दर्शकलाई नचाए। उनले आधा दर्जनभन्दा बढी गीत गाएका थिए। दर्शकहरु उनीसँगै नाच्न स्टेजमा समेत पुगेका थिए।

उनले ‘फेवा तालमा साइली’सँगै विभिन्न सुदूरपश्चिमेली देउडा गीत समेत गाएका थिए। रविले गीतहरु गाएर दर्शकलाई झुमाएका थिए।

दर्शक दीर्घाबाटै हात हल्लाउँदै उनका गीत सुन्नुका साथै छमछमी नचाएका थिए दर्शकहरु। रवि दर्शकसँगै आफू पनि स्टेजमा नाचेका थिए।