काठमाडौं- कास्की-२ को उपनिर्वाचनका लागि कांग्रेसको क्षेत्रीय समितिले उम्मेदवार सिफारिसमा तीन जनाको नाममा सहमति जुटाउन नसकेपछि १६ जनाकै नाम केन्द्रमा पठाइएको छ।
क्षेत्रीय कार्य समितिको आइतबार र सोमबार बसेको बैठकमा तीन जना व्यक्तिको नाम सिफारिस गर्न सहमति हुन सकेन। टिकटको आकांक्षी सबैको नाम पार्टी केन्द्रमा पठाएको छ।
पूर्वमन्त्री रवीन्द्र अधिकारसँग पराजित देवराज चालिसेको नाममा धेरैले समर्थन जनाए पनि केहीले उनलाई छोड्न चाहेनन्। सहमति हुन नसकेपछि आएका सबै नाम केन्द्रमा पठाइएको छ।
क्षेत्रीय कार्य समितिले सिफारिस गरेका व्यक्तिहरूलाई जिल्ला कार्य समितिले कटौती गर्ने अधिकार छैन। कांग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसीले भने, 'क्षेत्रीय कार्य समितिबाट आएका सबै नाम केन्द्रमा पठाएको छु। जिल्ला कार्य समितिले राय सुझाव मात्रै दिने हो।'
केन्द्रमा आएका नाममा खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य, देवराज चालिसे, माधव बास्तोला छन्।
साथै ऋषि काफ्ले, कृष्ण कार्की, वीरेन्द्रनारायण विजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषीको नाम पनि १६ जनामा परेको छ।
चार महिला पनि आकांक्षी देखिएका छन्। उम्मेदवार इच्छुक महिलामा लक्ष्मी पाण्डे, खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारी छन्।
केन्द्रले तीन जनाको नाम पठाउन निर्देशन दिएको थियो।
सिफारिस गरिएकाको पदीय जिम्मेवारी के हो
पौडेल पूर्व महासमिति सदस्य हुन्। अधिकारी २०७० को दोश्रो संविधानसभाका उम्मेदवार थिए।
बास्तोला निर्वाचन हुने क्षेत्रका सभापति हुन्। विजुक्छे महाधिवेशन प्रतिनिधि हुन्। महिलाबाट उम्मेदवारको सूचिमा रहेकी लक्ष्मी पाण्डेय जिल्ला कोषाध्यक्ष हुन्।
गुरुङ पूर्व राज्यमन्त्री हुन् भने काफ्ले महासमिति सदस्य तथा तरुण दलका पूर्व केन्द्रीय सदस्य हुन्। बराल प्रदेशसभा सदस्यका उम्मेदवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।