काठमाडौं- गायक दुर्गेश थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ।
थापाले ल्याएको तिहारको गीतलाई लिएर उनीविरुद्ध उजुरी परेको हो।
उजुरी परेपछि यस विषयमा बुझ्न भन्दै महानगरीय प्रहरी अपराध महाशाखालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको थियो।
सोही विषयमा बुझ्न थापालाई बोलाइएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
उनले ल्याएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत विवादित बन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।