काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) महरालाई थप ३ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति, पूर्वमन्त्री एवम् कांग्रेस सांसद आलममाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप ।
२) ७ वर्षअघिदेखि बजार अनुगमनका क्रममा परीक्षणका लागि व्यवसायीबाट लिइएको सुन ‘गायब’, प्रतिपसल १ देखि २ तोलासम्म सुन लिइएको दाबी ।
३) सामाजिक सुरक्षा योजनामा सूचीकृत हुने समय अब २ दिन मात्र बाँकी, अटेर गर्नेलाई कारबाही गर्ने कोषको चेतावनी, ३७ सय रोजगारदाता र ६७ हजार श्रमिक मात्रै सूचीकृत ।
४) पारस खड्काद्वारा नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा, नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुला गरेको भनाइ ।
५) र, ब्रेक्जिटका लागि सरकारको प्राथमिकतामा अक्टोबर ३१ नै रहेको बेलायती महारानीको स्पष्टोक्ति, युरोपेली संघसँग स्वतन्त्र व्यापार र मैत्रीपूर्ण साझेदारी गर्न चाहेको तर्क ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।