मन्त्रिपरिषदबाट थपिएका ३६ सय प्रहरी दरबन्दीमा पदपूर्तिको बाटो खुल्यो

नेपाल लाइभ | २०७६ असोज २८ मंगलबार | Tuesday, October 15, 2019 १६:४७:०० मा प्रकाशित

काठमाडौं– नेपाल प्रहरीलाई मन्त्रिपरिषदबाट स्वीकृत भएका करिब ३६ सय दरबन्दीमा पदपूर्तिका लागि बाटो खुलेको छ। गृह मन्त्रालयले थप दरबन्दी कार्यन्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाएसँगै  सरकारबाट स्वीकृत भएका कुल ३ हजार ५ सय ९६ दरबन्दी कार्यान्वयनको बाटो खुलेको हो। 

प्रहरी दरबन्दी थपको प्रस्ताव पारित भएर गृह मन्त्रालयबाट कार्यान्वयनका लागि प्रहरी हेडक्वाटर पठाइएको गृह मन्त्रालयले जनाएको छ। 

दरबन्दी हेडक्वाटर पुगेसँगै अब हेडब्वाटरले पदपूर्तिको प्रक्रिया थाल्ने बाटो खुलेको छ। 

प्राविधिक १ र प्रशासनतर्फ २ गरी ३ एसएसपी, ४ एसपी, २१ डिएसपी, ४७ इन्सपेक्टर, ८६ सई, २९७ असईका दरबन्दी स्वीकृत भएका छन्।

यसैगरी, ६८३ हवल्दार, २२१६ प्रहरी जवान, २३९ कार्यालय सहयोगी गरी ३ हजार ५ सय ९६ दरबन्दी स्वीकृत भएको हो।