• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'आत्मबल बढेको' छनक दिने कांग्रेसको चियापान, ओइरिए नेकपा नेता

64x64
नेपाल लाइभ आइतबार, असोज २६, २०७६  १७:५७
1140x725

काठमाडौं- नेपाली कांग्रेसले आत्मबल बलियो भएको सन्देश दिने गरी यस वर्षको चियापान समापन गरेको छ। 

कांग्रेसले आयोजना गरेको चियापान समारोहमा सत्तारुढ दलका नेताहरुले कांग्रेस अवस्था सुध्रिएको संकेत आफ्ना अभिव्यक्ति मार्फत दिएका थिए।

प्रत्येक वर्ष कोजाग्रत पुर्णिमामा हुँदै आएको चियापानलाई निरन्तरता दिने क्रममा बोलेका सत्तारुढ दलका नेताले कांग्रेससँग सहकार्य जारी रहने बताए।

करिब १५ मिनेट कार्यक्रम स्थलमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वहरुले मतभेद घटाउन सघाउ पुर्याउने बताए।

उनले भने,‘कांग्रेससँग मतभेद भएपनि यस्तै चाडवाडले घटाइदिन्छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग लोकतन्त्र प्राप्तिका लागि ४५ वर्ष देखि सहकार्य गरिरहेको स्मरण गरे।

चियापानको कार्यक्रम नेपाली कांग्रेसबाटै भएको स्मरण गर्दै अर्का अध्यक्ष प्रचण्डले राष्ट्रिय संस्कृतिकै रुपमा स्थापित भएको बताए।

कांग्रेसको आत्मबल बढ्दै गएको छनक पाएका प्रचण्डले भने,‘आत्मबल बढ्दै गएको महसुस गरें।राजनीति यस्तै नै हो। राजनीतिमा असम्भव भन्ने केही हुँदैन। हेर्दै जाऔं,राजनीतिले आउने दिनमा कसरी कोल्टो फेर्दै जान्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

विगतका वर्षहरुमा भन्दा चियापानलाई व्यवस्थित बनाउन प्रयास गरिएको थियो।

कांग्रेसका पदाधिकारीहरुले शीर्ष तहका नेतालाई स्वागत गरिसकेपछि मञ्चमा बोल्न समय दिइएको थियो। नेकपा नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले व्यवस्थापन बारे भने,‘कांग्रेसले व्यवस्थापन कम्युनिस्टसँग सिकेछ। राम्रै कुरा भयो।’

समारोहमा बोल्ने अधिकांश नेताले शुभकामना आदानप्रदान र कांग्रेसको आयोजनालाई धन्यवाद दिनमै समय खर्चिए।

केही नेताले चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको हित भएको बताए। समाजवादी पार्टीका अध्यक्ष वाबुराम भट्टराईले फरक प्रंसगमा बोल्दै सभामुख र उपसभामुख मध्येबाट एक जना विपक्षी दललाई दिनै पर्ने अडान राखे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपाका नेताहरु चियापानमा ओइरिएका थिए।

चियापानमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली सहित नेकपाका सचिवालयका सदस्यहरु पुगेका थिए।

अध्यक्ष पुष्पकमल दाहाल,पूर्व प्रधानद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, प्रस्तावित उपाध्यक्ष वामदेव गौतम,पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ,गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री इश्वर पोखरेल कांग्रेसको चियापानमा पुगेका थिए।

पार्टी महासचिव विष्णु पौडेल भने चियापानमा देखिएनन्।

नेकपाका नेताहरुको लर्को लागेको चियापानमा स्थायी समितिका अन्य सदस्य तथा मन्त्रीहरु पनि पुगेका थिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,कानुनमन्त्री भानुभक्त ढकाल पनि चियापानमा सहभागी भए।

नेताहरु सुवासचन्द्र नेम्वाङ,पम्फा भुसाल पनि कांग्रेसको चियापानमा पुगेका थिए। अन्य दलबाट समाजवादीका अध्यक्ष बाबुराम भट्टराई,राजपा अध्यक्षमण्डलका महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, मालेका अध्यक्ष सिपी मैनाली पनि चियापानमा सहभागी भए।

केन्द्रीय कार्यालयको पश्चिमतिरबाट आगन्तुकका लागि प्रवेशद्धार निर्माण गरिएको थियो।

कांग्रेस कार्यकर्ता, भ्रातृ संस्थाका पदाधिकारी हुँदै अन्तिम पार्टी पदाधिकारीहरुले आगन्तुकलाई स्वागत गरेका थिए।

सभापति देउवा,वरिष्ठ नेता पौडेल,उपसभापतिद्धय विमलेन्द्र निधि र विजय गच्छदार, महामन्त्री पुर्ण बहादुर खड्का,सह महामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीता देवी यादव उठेर आगन्तुकलाई स्वागत गरिरहेका थिए। तर, महामन्त्री डा शशांक कोइराला भने पहिलो ‘रो’मा उभिएनन्। 

तरुण दलका कार्यकर्ताले स्वयंसेवकको भुमिका निर्वाह गरिरहेका थिए।

चियापानकै क्रममा एक साइडमा रक्तदानको कार्यक्रम पनि जारी रहेको थियो।

 पकौडा र जेरी एक-एक,केही नमकिन र चिया आगन्तुकका लागि तयार गरिएको थियो।

प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल–३ तेस्रो खेल: जनकपुर बोल्ट्सले टस जित्दै फिल्डिङ रोज्यो
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’
एनपीएलमा ‘चाँदीको बल’ पुरस्कार, पहिलो विजेता बने शेर मल्ल
सम्बन्धित सामग्री
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ तीनदिने भ्रमण सकेर उनी आइतबार राति नयाँदिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। मंगलबार, कात्तिक १०, २०८३
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र स... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
एनपीएल–३ तेस्रो खेल: जनकपुर बोल्ट्सले टस जित्दै फिल्डिङ रोज्यो मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार, कात्तिक १०, २०८३
एनपीएलमा ‘चाँदीको बल’ पुरस्कार, पहिलो विजेता बने शेर मल्ल मंगलबार, कात्तिक १०, २०८३
इथियोपियाको ओरोमिया क्षेत्रमा ६० जना क्रिश्चियनको हत्या मंगलबार, कात्तिक १०, २०८३
कमलसिंह ऐरीको घातक बलिङमा विराटनगरविरुद्ध चितवन राइनोज ८ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्