काठमाडौं- पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको भोटसिपामा आज भएको दुर्घटनामा परेर अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व लिने घोषणा गरेका छन्।
बस दुर्घटनामा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेका बस्नेतले उनीहरुको उपचार र अन्य आर्थिक सहयोगका लागि कोष निर्माण गर्न ५० हजार रुपैयाँ समेत उपलब्ध गराएका छन्।
सिपाटारबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई तत्काल हेलिकोप्टरमार्फत काठमाडौं तथा धुलिखेल उपचारका लागि ल्याइएको थियो।
काठमाडौंका विभिन्न अस्पतालको निरीक्षण गरी ५० हजार रुपैयाँ अस्पतालमा बेवारिसे अवस्थामा रहेका व्यातिको उपचारमा सहजता होस् भनी कोषमा हस्तारण गरेको उनले बताए। दुर्घटनामा आमाबुवा गुमाएका बालबच्चालाई निःशुल्क पठनपाठन गर्ने जिम्मा लिने घोषणा समेत बस्नेतले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।