काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतका लागि काठमाडौं उपत्यकाका सडक र त्यस आसपासका संरचनाहरू सिंगारने क्रम तीव्र भइरहेकाे छ। सडक आसपास फलफूलका विरुवा रोप्नेदेखि कला, संस्कृति झल्कने खालका पोस्टरहरू राख्ने काम जारी रहेको छ। त्यस्तै बिजुलीका पोलहरूमा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङका पोस्टहरू टाँगिएको छ।
राष्ट्रपति सी आउने रुटमा सरकारले बाटो पिच गरी खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ भने सडक र त्यसआसपासमा रङरोगन गर्ने कार्य पनि तीव्र गतिमा अगाडि बढेको छ। सीकाे भ्रमण असाेज २५ गते हुँदैछ। लामाे प्रतीक्षापछि चिनियाँ उच्च नेतृत्वकाे नेपाल भ्रमण हुन लागेकाले विश्वभर यसकाे चर्चा हुनेछ। सी हिँड्ने रुटमा सरकारले विशेष रुपमा काम गरिरहेकाे छ।
यस्ताे देखियाे सी हिँड्ने रुट