काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैंको टीका लगाइ दिएकी छन्।
राष्ट्रपति भण्डारीले मंगलबार साढे एक बजे राष्ट्रपति भवन सीतल निवासमा प्रधानमन्त्री ओलीलाई बडा दशैंको टीका, जमरा र जमराको माला लगाइदिएकी हुन्।
त्यसैगरी राष्ट्रपति विद्या भण्डारीबाट प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टीका ग्रहण गरेको तस्बिर राससले उपलब्ध गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।