गैँडाको आक्रमणबाट एकको मृत्यु

नेपाल लाइभ | २०७६ असोज २० सोमबार | Monday, October 07, 2019 ११:३६:०० मा प्रकाशित

चितवन–चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो । 

रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई  गैँडाले आक्रमण गरेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । (रासस)
 

स्वर्ण रजत कास्य जम्मा
भारत
७२ ५४ २५ १५१
नेपाल
४१ २७ ४२ ११०
श्रीलंका
२० ३९ ६१ १२०
पाकिस्तान
१८ २४ २६ ६८
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान