• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कस्तो हुँदैछ कांग्रेस नेताहरुको दसैं?

64x64
नेपाल लाइभ आइतबार, असोज १९, २०७६  १५:००
1140x725

काठमाडौं-  नेपाली कांग्रेसका अधिकांश नेताको दसैं काठमाडौंमै बित्ने भएको छ। आफूभन्दा अग्रजसँग टीका ग्रहण गर्ने, अनुजहरुलाई टीका लगाइदिने र आफन्तरकार्यकर्ता भेटघाटमा उनीहरु व्यस्त हुनेछन्।

कार्यकर्तालाई देउवाको टीका
पार्टी सभापति शेरबहादुर देउवाको दसैं विगतको निरन्तरताकै क्रममा सकिनेछ। काठमाडौंमा वर्षौंदेखि विजया दशमी मनाउँदै आएका देउवाले परिवारजनमा टीकाको कार्यक्रम सकेपछि कार्यकर्तालाई पनि टीका लगाइदिने भएका छन्। टीका ग्रहण तथा आशीर्वादको कार्यक्रम देउवा निवासमा पूर्णिमासम्म जारी रहनेछ। 

बुढानिलकण्ठ निवासमा टीकाको कार्यक्रम सकेर पत्नी र छोरासहित देउवा आफन्तकहाँ पुग्ने कार्यक्रम तय भएको उनका सहयोगी भानु देउवाले जानकारी दिए। 

यसपालि काठमाडौंमै
वरिष्ठ नेता नेता रामचन्द्र पौडेलको दसैं पनि काठमाडौंमा हुने भएको छ। दसैंमा पौडेल आफन्तसँगको भेटघाटमा सक्रिय हुनेछन्। अघिल्लो वर्ष दसैंमा भारत भ्रमणमा रहेका पौडेल यसपटक काठमाडौंमै हुनेछन्।

पौडेल परिवारमा उनैले टीका लगाइदिनेहरुको संख्या धेरै छ। एक छोरा र चार छोरीका बाबुसमेत रहेका पौडेलको परिवारमा छोरी ज्वाइँका तर्फबाट आउने आफन्तहरुको लर्को लाग्नेछ। पारिवारिक आफन्तसँगै कार्यकर्ताका लागि दसैंको दिनदेखि पूर्णिमासम्म टीकाको लागि बोहोराटारस्थित उनको निवास खुला हुनेछ। पौडेल टीका थाप्नका लागि बाहिर जाँदैनन्। पौडेलसँग नाता गाँसिएका सबैलाई घरमै निम्तो गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

दाजुबाट आशीर्वाद
महामन्त्री डा शशांक कोइरालाले पनि दसैं काठमाडौंमा नै मनाउनेछन्। दसैंमा कोइराला परिवारका आफन्तहरुसँग उनको भेटघाट तथा टीका थाप्ने कार्य हुन्छ। दाजु प्रकाश कोइरालाकहाँ उनी टीकाका लागि पुग्नेछन्। टीकाको काम सकी उनी ज्योति कोइरालाकहाँ पुग्छन्। ज्योति महामन्त्री कोइरालाका काकाका छोरा हुन्। टीका थाप्ने कार्यकर्ता तथा आफन्तहरुको कोइराला निवासमा पूर्णिमासम्म आउजाउ भइरहन्छ।

टीकासँगै कार्यकर्तासँग
कोइराला परिवारकै अर्का नेता डा शेखर कोइराला भने विजया दशमी मनाउन मोरङ पुग्छन्। उनले दसैंसँगै कार्यकर्ता भेटघाटलाई जोड दिन्छन्। कोइराला परिवारमा शेखरले टीका थाप्ने सहोदर दाजु निरञ्जन कोइराला र बिपी पुत्र प्रकाश कोइरालासँग हो। कोइराला परिवारका दुई दाइहरु विराटनगर नभएको अवस्थामा अन्य अग्रज शेखरले खोज्नुपर्ने हुन्छ। 

शशांक, सुजाता, श्रेयश लगायतलाई उनले टीका लगाइदिन्छन्। तर, शशांक र सुजाताको दसैं काठमाडौंमा हुने बताइएको छ। शेखरसँग टीका लगाउन उदयपुर, सुनसरी लगायतका वरपरका जिल्लाबाट नेता तथा कार्यकर्ताको घुँइचो लाग्छ। पूर्णिमाको दिनसम्मै नेता कार्यकर्ता टीकाका लागि आउने हुनाले शेखर टीकापछिका पाँच दिन विराटनगरमा रहेर कार्यकर्तासँग रमाइरहेका हुन्छन्।

Xtrem
Xtrem

महत दाजुभाइको दसैं
कांग्रेसमा शीर्ष तहको नेतृत्वमा पुगेका सहोदर दाजुभाइ हुन्– डा रामशरण महत र डा प्रकाशशरण महत। पटकपटक मन्त्री भएका यी दुई दाजुभाइको आपसी सम्बन्ध सुमधुर छैन। त्यसो त यी दुवै नेताको बोलचाल पनि बन्द छ। महत दाजुभाइमा भाइ रहेका प्रकाशरण हाल सहमहामन्त्री छन्। दाजु रामशरण वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने प्रकाशशरण संस्थापन पक्षका। पुर्ख्यौली घर नुवाकोट भए पनि महत दाजुभाइको दसैं काठमाडौंमा बित्नेछ।

बुढानिलकण्ठमा निवास रहेका प्रकाशशरण दुरीले नजिकै चक्रपथ चप्पल कारखानामा निवास रहेका रामशरण महतकहाँ पुग्दैनन्। अर्थात् आवातजावत बन्द छ। प्रकाशशरणले भने, ‘हामी टीका जमरा घरमै गर्छौं। आआफ्नो घरमै दसैं मनाउछौं।’ महत परिवारका धेरै आफन्त नुवाकोटबाट बसाइँ सरेर काठमाडौं आएकाले दसैं राजधानीमा मनाउँदै आएको उनले जानकारी दिए। 'गाउँमा दसैं नमानेको वर्षौं भएछ,' उनले भने।

विश्वप्रकाशको टीका छैन
प्रवक्ता विश्वप्रकाश शर्माको घरमा यसपटक दसैंको टीका छैन। परिवारमा टीका नभए पनि परिवारका सदस्यसँग रमाउने उनले बताए। आफन्त भेटघाट तथा छोराछोरीको खुसीमा साथ दिने उनले बताए। दसैंका लागि छुट्टै कार्यक्रम तय नभएको उनले बताए।

केसीमा आफन्तको लर्को
कांग्रेस नेताहरुमा सम्भवतः सबैभन्दा धेरै दाजुभाइ महत परिवार हो। सात भाइमा अर्जनुनरसिंह केसी ज्येष्ठ सदस्य हुन्। उनकै परिवारका सात भाइ र अरु सदस्य विजया दशमीको दिन भेला हुन्छन्। टीकाको लाइनमा परिवारका सदस्य ७५ जना बढी हुन्छन्। केसी परिवारमा दसैंको अन्तिम दिन वा कोजाग्रत पूर्णिमामा टीका लगाउने प्रचलन छैन। टीकाका लागि आफन्तहरुलाई द्वादशीमा निम्त्याइएको हुन्छन।

प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
सम्बन्धित सामग्री
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २ सय ५५ जना अन्तिम मतदाता कायम भएका छन् । मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल रास्वपा धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उनले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजन... मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध उपसभापति महिलातर्फ भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्