काठमाडौं- भारत प्रशासिक कस्मिरमा शनिबार आतंकवादी आक्रमण भएको छ।
आतंकवादीले कस्मिरस्थित अनन्तनाग जिल्लाको आयुक्त कार्यालय अगाडि बम आक्रमण गरेको बीबीसी हिन्दीले जनाएको छ।
उक्त आक्रमणमा परी एक प्रहरी र एक पत्रकारसहित १० जना घाइते भएका छन्। समाचार संस्था पीटीआइका अनुसार शनिबार बिहान ११ बजे बम आक्रमण भएको थियो।
जम्मु कस्मिर प्रहरीका अनुसार प्रहरीले त्यस क्षेत्रमा आतंकवादीको खोजी सुरुवात गरेको छ।
अहिलेसम्म कुनै समूहले घटना लिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।