एनआरएनए अध्यक्षका प्रत्यासी आचार्यको घरमा तोडफोड

नेपाल लाइभ | २०७६ असोज १७ शुक्रबार | Friday, October 04, 2019 १९:५३:०० मा प्रकाशित

ललितपुर- गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासीसमेत रहेका कुल आचार्यको घरमा तोडफोड भएको छ।

ललितपुर सानेपा हाइटमा भएको उनको घरमा तोडफोड भएको हो।

घरमा तोडफोडको प्रयासका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

ललितपुर प्रहरीका अनुसार घरको झ्याँलका सीसा फुटेका छन्। 

‘हतियारबाट आक्रमणको प्रयास भएको देखिएकाले हामीले गम्भीर ढंगले अनुसन्धान सुरु गरेका हौं,’ प्रहरीले बताएको छ, ‘उच्च निगरानी, घटनास्थलको अध्ययन पनि निष्कर्षमा पुग्ने छौं।’

आचार्यको घरमा आक्रमण भएपछि प्रहरीले आसपासको क्षेत्रमा निगरानी सुरु गरेको छ। शुक्रबार बिहानैबाट प्रहरीले अनुसन्धान प्रारम्भ गरेको छ।

गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्षका प्रत्यासी आचार्यले घटनाको अनुसन्धान गरी अभियुक्तलाई कानूनी कारबाहीको माग गरेका छन्।

आचार्यले आगामी विश्व सम्मेलनमा एनआरएनएको अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन्। केही दिनभित्र प्रतिबद्धतापत्र सार्वजनिक गर्दै छन्।