काठमाडौं– प्रियंका चोपडा हलिउडमा समेत सफलता हासिल गर्दै गरेकी बलिउड अभिनेत्री हुन्। उनी यतिबेला आफ्नो बलिउड फिल्म 'द स्काइ इज पिंक'को प्रमोशनका लागि भारत आएकी छिन्।
बलिउड पुगेका बेला उनले हलिउड संघर्षका बारेमा बताएकी छिन्। जहाँ आफूले बलिउडकी स्टार नभएर एक भारतीय युवति प्रियंका चोपडाका रुपमा संघर्ष सुरु गरेको बताउँछिन्।
उनी भन्छिन्– 'मैले यहाँ पुग्न धेरै लामो यात्रा तय गरेकी छ । मैले धेरै ठक्कर खाएँ । ठक्कर पचाउ सक्ने क्षमता मसँग छ । त्यसैले म यहाँसम्म पुगेकी हुँ।'
आफू हलिउड पुग्दा त्यहाँका मान्छेहरुमा बलिउडवाला नाचगान गर्न मात्र जान्दछन् भन्ने मान्यता रहेको बताइन्। उनले भनिन्, 'एकै प्रकारका फिल्म बनाइरहन्छन् । बलिउडलाई त्यही मात्र आउँछ। उनीहरुको यो सोच तोड्न निकै कठिन थियो।'
आफूले त्यहाँ कलाकारसँग मात्रै होइन, सामान्य मान्छेसँग पनि अडिसन दिएको बताइन्। आफूलाई अजिब लागेको तर डर नलागेको बताइन्। आफ्नो पटक–पटक कोशिस गर्ने बानी आफैंलाई मनपर्ने उनी बताउँछिन्।
उनी भन्छिन्, 'म मान्छु आफूलाई काम चाहिएको भए शिर आफैंले झुकाउनुपर्छ। राम्रो काम मागियो भने अवश्य मिल्छ। जब तपाईं म स्टार हुँ, ठूलो हुँ जस्ता अहंकार देखाउनुहुन्छ भने कोही काम दिँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।