नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ असोज १६ बिहीबार | Thursday, October 03, 2019 १९:२१:०० मा प्रकाशित

काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः

१) प्रदेश १ द्वारा प्रथम पञ्चवर्षीय योजना सार्वजनिक, दोहोरो अंकको आर्थिक वृद्धि सहित प्रतिव्यक्ति आय १६ सय २० अमेरिकी डलर पुर्‍याउने लक्ष्य

२) विद्युत खरिद–बिक्री तथा अनुमति प्राप्त व्यक्तिले पालना गर्नुपर्ने सर्तसम्बन्धी विनियमावली २०७६ जारी, तीन घन्टाभन्दा बढी लाइन काट्नु परे पूर्व सूचना अनिवार्य

३) चिकित्सक संघद्वारा मेडिकल शिक्षा शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग, कार्यान्वयन प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

४) टी२० क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान, आइतबार हङकङसँग प्रतिस्पर्धा हुने

५) र, अमेरिकाको केन्टुकी राज्यको विमानस्थलमा लडाकु विमान दुर्घटना, ७ जनाको मृत्यु ६ जनाको अवस्था गम्भीर

पूरा समाचार भिडियोमा