दाङ- कर्तव्य ज्यान उद्योग मुद्दाका फरार तीन जना अभियुक्तलाई दाङ प्रहरीले पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका शुकौरा रोडबाट इलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ६ का २३ वर्षीय दिपेश केसी, गुल्मी कुस्मा गाउँपालिकाका २ का २५ वर्षीय आकाश केसी र तुलसीपुर उपमहानगरपालिका ५ का पवन ओली रहेका छन्।
उनीहरु विरुद्ध २०७५ साल चैत १७ गते सल्यान रोड अरनिको खेलमैदान नजिक गणेश हमाललाई खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा मुद्दा चलिरहेको छ।
शुकौरा रोडमा उनीहरु लुकेर बसेको सूचनाका आधारमा प्रहरी हवल्दार देवबहादुर विकको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई थप कानूनी प्रक्रियाका लागि दसैं बिदा सकिएलगत्तै जिल्ला अदालतमा पेस गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।