काठमाडौं- नेपाल विद्यार्थी संघको तदर्थ समिति दसैंअघि नै ल्याउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन्।
स्रोतका अनुसार राजीव ढुङ्गानालाई तदर्थ समितिको जिम्मेवारी दिन लागिएको हो। ढुङ्गाना नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेल संघको अध्यक्ष भएको समयमा उपाध्यक्ष थिए।
आठ महिनाअघि भंग गरिएको संघमा आफूपक्षीय विद्यार्थी नेतालाई देउवाले जिम्मेवारी दिन लागेका हुन्। ढुङ्गाना सुनसरी निवासी हुन्। अध्यक्षको लाइनमा देउवापक्षीय ऋषिकेश जंग शाह पनि थिए। ३२ वर्षे उमेर हद कायम भएको अवस्थामा सोहि खेमाबाट प्रेमराज जोशी आकांक्षी थिए।
दसैंको समयमा विरोधको स्वर कम सुनिने भएकाले देउवाले यही समयमा ढुङ्गानामा पदीय जिम्मेवारी सुम्पने तयारी गरेका हुन्। केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ढुङ्गानाको सम्भवना बढी रहेको बताए।
यसैबीच कांग्रेसको तेश्रो धार नजिकका विद्यार्थी नेताले देउवालाई भेटि ३२ वर्षे उमेर हद कायम नभए आमरण अनसन बस्ने चेतावनी दिएका छन्।
१२औं महाधिवेसनका लागि २० भन्दा बढी जिल्ला अधिवेशन भइसकेको छ। अधिवेसन भएका जिल्लाको कार्यसमिति के हुने भनी जिज्ञासा राख्दा देउवाले ‘त्यो हुन्न, त्यो हुन्न’भन्दै निवासभित्र पसेको एक विद्यार्थी नेताले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।